बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

समृद्धि फाईनान्सको इटहरी शाखाबाट बृक्षारोपण

शुक्रबार, साउन २५ २०८१

काठमाडौं । समृद्धि फाईनान्सले इटहरी शाखाले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रम इटहरी बिराटनगर लयेन राजमार्ग परिसरमा शुक्रबार १८ वटा बगम्बेली फुलका बोट लगाई सम्पन्न गरिएको फाईनान्सले जानकारी दिएको छ।

फाईनान्सका अनुसार श्रावण पहिलो साताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम नारायणगढ र औरही शाखाबाट सम्पन्न भैसकेको र श्रावण महिना भित्र फाईनान्सका अन्य शाखाहरुबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ । फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ।