शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कार्यकारी निर्देशकमा नियुक्ती भएको तीन वर्ष पूरा भएको अवसरमा घिसिङले सार्वजनिक गरे प्रगति विवरण

शुक्रबार, साउन २५ २०८१

काठमाडौं । नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा प्राधिकरणमा भएको उपलब्धि सार्वजनिक गरेका छन्।

कार्यकारी निर्देशकमा नियुक्ती भएको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले शुक्रबार आफ्नो प्रगति विवरण सार्वजनिक गरेका हुन्।

२०७८ साल साउन २५ गतेको मन्त्रिपरिषद् बैठकबाट उनी प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त भएका थिए । त्यसअघि पनि उनी एक कार्यकाल कार्यकारी निर्देशक भएका थिए ।

उनका अनुसार ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष आव २०७८/७९ र आव २०७९/८० मा क्रमश : ९४.२३ र ९.९४ प्रतिशत अंक प्राप्त भएको उनले बताए । यस्तै आ.व. २००/८१ को मूल्याङ्कनको क्रममा रहेको छ।

आर्थिक वर्ष २०७२/७३ मा विधुतीकरणको अवस्था ५८ प्रतिशत मात्र भएको बताउँदै उनले तीन वर्षको अवधिमा भएको उपलब्धि मध्ये विद्युतीकरणमा प्राप्त उपलब्धि महत्वपूर्ण रहेको बताए। तीन वर्षअघि ८९‍.७ प्रतिशत रहेको विधुतीकरण अहिले ९९ प्रतिशत पुगेको उनले दाबी गरेँ।

यस्तै आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्को ग्राहक सङ्ख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको र बिकट बस्तीहरुको पहिचान गरेर बाँकी विधुतीकरणको काम अगाडि बढिसकेको छ भने अब छिट्टै देश पूर्णरुपमा विधुतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको उनले बताए।

NEA-MD-three-Years-Review_2081_04_24.pdf