बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

दरबारमार्गको सडक भासियो, आवागमन प्रभावित

शुक्रबार, साउन २५ २०८१

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको कार्यालय नजिदै सडक भासिएको हो । सडक भासिएसँगै अहिले त्यहाँको आवागमन प्रभावित भएको छ ।

दरबारमार्गमा रहेको महेन्द्र शालिक-काठमाडौं प्लाजा जोड्ने सडक भासिएको हो ।

टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भासिँदा हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ । अहिले साे खाल्डाे  प्रहरीले घेरा हालेर राखेकाे छ ।

केहीदिन देखिको वर्षा र कमसल सडक निर्माणका कारण सडक भासिएको स्थानीयले बताएका छन् ।