शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका बीच सम्झौता

बिहिबार, साउन २४ २०८१

काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबिच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । बैंकका अनुसार मंगलबारका दिन प्रहरी प्रधान कार्यालयमा भएको सम्झौतामा नेपाल बैंकका प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गरेका हुन।

सम्झौता बमोजिम नेपाल प्रहरी अन्तर्गतका विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले सहुलियत सहितको बिभिन्न सुविधा रहने तलब खाता खोलि बैंक नियमानुसार बिनाधितो कर्जा तथा अन्य बैकिंग सुविधा पाउन सक्नेछन्।