शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा करेक्सन, एक सय आठ अंकले बढ्दा झण्डै १८ अर्बको कारोबार

बुधबार, साउन २३ २०८१

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन एक सय ४५ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने एक सय आठ दशमलव ३५ अंकले बढेर २७ सय ५९ दशमलव ६७ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १८ दशमलव ९० अंकले बढेर चार सय ८३ दशमलव ४६ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ३० वटा कम्पनीहरुको दुई लाख १२ हजार छ सय ८१ पटकको कारोबारमा तीन करोड ८० लाख ४१ हजार दुई सय ६७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १७ अर्ब ९५ करोड नौं लाख १८ हजार छ सय २७ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३३ दशमलव ८५ अंकले बढेर १४ सय ८९ दशमलव ५६ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि दुई सय २९ दशमलव ९४ अंकले बढेर पाँच हजार तीन सय २८ दशमलव ३९ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि दुई सय ३८ दशमलव २६ अंकले बढेर ३३ सय ६० दशमलव ५९ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय ८५ दशमलव ८१ अंकले बढेर तीन हजार चार सय ३२ दशमलव ३२ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि पाँच सय १० दशमलव ९८ अंकले बढेर १३ हजार तीन सय ७८ दशमलव ६० अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक चार सय दशमलव ५७ अंकले बढेर १३ हजार तीन सय ८५ दशमलव ३९ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बोर्टलस नेपाल (बालाजु) लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एनआईसी एशिया डिवेञ्चर २०८३÷०८४ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ।