शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

फाईनान्स कम्पनीहरुको नाफा घट्यो

अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका १२ मध्ये तीन वटा खुद नोक्सानीमा

बुधबार, साउन २३ २०८१

काठमाडौं । फाईनान्स कम्पनीह्रुको खुद मुनाफा घटेको छ । फाईनान्सहरुले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/०८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार एकाध बाहेक सबैजसो फाईनान्स कम्पनीहरुको खुद मुनाफा घटेको छ भने तीन वटा फाईनान्सले खुद नोक्सानी बेहोरेका छन्।

वित्तीय विवरण अनुसार नेपाल फाईनान्सले आव २०८०/०८१ मा एक करोड ८१ लाख १८ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा फाईनान्सको यस्तो नाफा दुई करोड एक लाख ३४ हजार रुपैंयाँ रहेको थियो । मञ्जुश्री र आईसीएफसी फाईनान्सले भने आव २०८०/०८१ मा क्रमशः २५ करोड ५८ लाख २० हजार र ११ करोड ८६ लाख ४८ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन्।

अघिल्लो आवमा यि फाईनान्सहरुको यस्तो नाफा क्रमशः २४ करोड ६९ लाख ९९ हजार र १५ करोड ४८ लाख ८१ हजार रुपैंयाँ रहेको थियो । पोखरा, प्रोग्रेसिभ र सेन्ट्रल फाईनान्सले भने आव २०८०/०८१ मा क्रमशः १० करोड ६५ लाख ५९ हजार, तीन करोड ८० लाख ७६ हजार र छ करोड ३८ लाख ८० हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेका छन् । अघिल्लो आवमा पोखरा र सेन्ट्रलले क्रमशः दुई करोड ३८ लाख ५८ हजनार र चार करोड ११ लाख ८२ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा प्रोग्रेसिभले २९ करोड दुई लाख २९ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको थियो।

रिलायन्स, बेष्ट र गोखार्ज फाईनान्सले भने आव २०८०/०८१ मा क्रमशः दुई करोड ८९ लाख २१ हजार, चार लाख ७७ हजार र १० करोड ८९ लाख ३८ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा रिलायन्स र गोर्खाजले क्रमशः आठ करोड २६ लाख १२ हजार र २३ लाख ५९ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको थियो भने बेष्टले ८६ लाख २७ हजार रुपैंयाँ खुद मुनाफा कमाएको थियो । श्री इन्भेष्टमेन्ट, गुडविल र गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनीले भने आव २०८०÷०८१ मा क्रमशः छ करोड ६८ लाख ४२ हजार, १४ करोड ८४ लाख २९ हजार र एक करोड ५४ लाख ८९ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा श्री इन्भेष्टमेन्ट र गुह्ेश्वरीले क्रमशः सात करोड ५० लाख १४ हजार र छ करोड ४८ लाख २४ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा गुडविलले भने नौं करोड २३ लाख २८ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको थियो।