शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

बुधबार, साउन २३ २०८१

काठमाडौं । वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभनमा पारी ८५ जना पीडितहरूबाट १ करोड ९७ लाख १७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–४ ईमाडोल बस्ने सिराहा कर्जन्हा नगरपालिका–६ बस्ने ३२ वर्षीय गुनेश कुमार ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

गुनेशले काठमाडौं बसुन्धारास्थित ओम इन्टरनेशनल प्रालिबाट आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दुबई, कतार, साउदी, मलेसिया र कुवेत लगायतका देशहरूमा पठाइदिन्छु भनी पीडितहरूबाट उक्त रकम लिई सम्पर्क विहीन भएको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर इमाडोलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।