काठमाडौं । सल्यानको शारदा नगरपालिका–८ सिमखर्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शारदा नगरपालिका–२ बस्ने ३० वर्षीय विनय बुढाथोकी र २७ वर्षीय सुरज बिश्वकर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मजगाई बस्ने ३० वर्षीय अनिल रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रैकवार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलालीको टीकापुर नगरपालिका–९ खग्रौला चेक पोष्टस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका–२ बस्ने २२ वर्षीय अमित थारू र २४ वर्षीय किशोर गिरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
झापाको कन्काई नगरपालिका–३ सेल्फिडाँडा जाने सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–२ बस्ने २३ वर्षीय भुपेन्द्र सिंह राजवंशी र सोही नगरपालिका–१ बस्ने १९ वर्षीया आशिका नेम्वाङ लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मोरङको बिराटनगर महानगरपालिका–१७ स्लामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–४ बस्ने २० वर्षीय पाञ्जोल घिमिरे र झापा बिर्तामोड नगरपालिका–७ बस्ने ३५ वर्षीय सरोज बुढाथोकी रहेका छन् । अस्थायी प्रहरी पोष्ट मटेरूबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०४८ प ९५०७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१० बाटिका होटल अगाडि सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित भारत गोण्डा बस्ने १९ वर्षीय सैयाद राइनी र नेपालगंज उपमहानरपालिका–१६ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले रूपैडियाबाट नेपालगंजतर्फ पैदल जाँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।