बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

काभा महिला भलिबल : प्रधानमन्त्री ओली भारतसँगको फाइनल खेल हेर्न जाने

बुधबार, साउन २३ २०८१

काठमाडौं । नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि शुरु हुने छ । भारतसँगकाे फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली जाने भएका छन् ।

उक्त प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री ओली सहभागी हुने उनको सचिवालयले जनाएको हो ।

नेपाली खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री ओली उपस्थित हुने भएका हुन् ।

मंगलबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले इरानलाई सोझो सेटमा ३–० ले पराजित गरेको थियो ।

त्यस्तै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३–० ले पराजित गरेको थियो ।

लिग चरणमा नेपालले भारतलाई पराजित गरिसकेको हुनाले आज फाइनलमा नेपाल उच्च मनोबलका साथ खेल्दै छ ।

त्यस्तै आजै तेस्रो स्थानको खेल इरान र श्रीलंकाबीच दिउसो २ बजेदेखि हुने छ ।