शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बिकास बैंकहरुको नाफा सुखद (सुचीसहित)

एकाध बाहेकका सबैजसो बैंकहरुले बढाए खुद मुनाफा

बुधबार, साउन २३ २०८१

काठमाडौं । अर्थतन्त्रमा सकुंचन आएको अवस्थामा पनि बिकास बैंकहरुको खुद मुनाफा भने सुखद देखिएको छ । सञ्चालनमा रहेका १७ वटा बिकास बैंकहरु मध्ये हालसम्म १२ वटाले आर्थिक बर्ष २०८०/०८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा एकाध बाहेकका सबैजसो बिकास बैंकहरुको खुद मुनाफा बढेको देखिएको छ।

अपष्किृत वित्तीय विवरण अनुसार कामना सेवा बिकास बैंकले आव २०८०/०८१ मा ६० करोड ३२ लाख १७ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको भने बैंकको यस्तो नाफा ३६ करोड १३ लाख ६४ हजार रुपैंयाँ रहेको थियो । महालक्ष्मी बिकास बैंकले पनि आव २०८०/०८१ मा ४७ करोड एक लाख ४१ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा बैंकको यस्तो नाफा ३७ करोड ७५ लाख ५४ हजार रुपैंयाँ रहेको थियो । कर्पोरेट डेभलपमेन्ट बैकले भने पछिल्लो अवधिमा एक करोड ७८ लाख ६० हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा कर्पोरटको यस्तो नाफा आठ लाख सात हजार रुपैंयाँ रहेको थियो । गरिमा बिकास बैंकले भने आव २०८०/०८१ मा एक अर्ब १३ करोड ६१ लाख ८० हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको उक्त बैंकको यस्तो नाफा एक अर्ब २६ करोड ४६ लाख ७६ हजार रुपैंयाँ रहेको थियो । मुक्तिनाथ बिकास बैंकले पनि आव २०८०/०८१ मा एक अर्ब २७ करोड ९१ लाख ३४ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको बैंकको यस्तो नाफा एक अर्ब २४ करोड ८२ लाख २६ हजार रुपैंयाँ रहेको थियो।

आव २०८०/०८१ मा साँग्रिला डेभलपमेन्ट बैंकले भने ५२ करोड चार लाख ७३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा बैंकको यस्तो नाफा २७ करोड चार लाख १२ हाजार रुपैंयाँ रहेको थियो । अघिल्लो आवमा २९ करोड ३७ लाख ५७ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको सिन्धु बिकास बैंकले पनि आव २०८०÷०८१ मा पाँच करोड ९० लाख ६४ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ।

यसैगरी शाईन रेसुंगा, नारायणी र ज्योति बिकास बैंकले भने आव २०८०/०८१ मा क्रमशः ६९ करोड ७४ लाख ४५ हजार, २२ लाख चार हजार र २४ करोड ६५ लाख एक हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा यि बैंकहरुको यस्तो नाफा क्रमशः ७५ करोड ८० लाख २४ हजार, सात करोड ८१ लाख (ऋणात्मक) र ३० करोड १८ लाख १६ हजार रुपैंयाँ रहेको थियो।

लुम्बिनी र ग्रीन डेभलपमेन्ट बैंकले भने आव २०८०/०८१ मा क्रमशः ६० करोड ३७ लाख ८२ हजार र तीन करोड ८६ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा यि बैंकहरुको यस्तो नाफा क्रमशः ४९ करोड ७६ लाख ७२ हजार र एक करोड ६४ लाख रुपैंंयाँ रहेको थियो।