काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटबाट अवैध लागूऔषध गाँजा ६ ग्राम र नियन्त्रित लागूऔषध ट्रमाडोल ५८ क्याप्सुल सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली दुधैली नगरपालिका–९ घर भएका ३३ वर्षीय भोला ढकाल, काठमाडौं चन्द्रागिरी नगरपालिका–१ बस्ने २३ वर्षीय शितल बखती र सोही नगरपालिका–३ बस्ने २४ वर्षीय बुद्ध लो तामाङ रहेका छन् । साथै उनीहरूले प्रयोग गरेको प्र.३–०२–००२ प ९७३२ नम्बर र बा.८२ प ९१७० नम्बरको २ वटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।
झापाको दमक नगरपालिका–५ डेरा गरी बस्ने इलाम चुलाचुली गाउँपालिका–३ घर भएका २६ वर्षीय अगम राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम, नगद १५ हजार ८ सय ५० रूपैयाँ र मोबाइल १ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा उक्त लागूऔषध कमल गाउँपालिका–५ सतारडाडा बस्ने ३६ वर्षीय जीवन लिम्बुलाई बिक्री गर्न लागेको भन्ने खुल्न आएपछि लिम्बुलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी झापाको भद्रपुर नगरपालिका–५ मेची पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित इलाम चुलाचुली गाउँपालिका–३ पिडियो टोल बस्ने २८ वर्षीय विवेक राइलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेची पुल बिटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी झापाको मेचिनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित मेचिनगर नगरपालिका–९ शान्तिटोल बस्ने २६ वर्षीय अजय धिमाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी झापाको बिर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय बिजय मगरको डेरा कोठाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित बिजय मगर समेत ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मोरङको लेटाङ नगरपालिका–९ पारूहाङ चोक बस्ने २७ वर्षीय विशाल राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित रंगेली र कानेपोखरी सिमानाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९५ मिलिग्राम सहित भारत अररीया घर भएका २१ वर्षीय मो. इसराख गमिरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले रंगेलीबाट कानेपोखरीतर्फ आउँदै गरेको बिआर ३८ एबि ४१३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी मोरङको पथरी शनिश्चरे नगरपालिका–१० स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १७ मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका–७ बस्ने २४ वर्षीय अबय शाह र सुनबर्षी नगरपालिका–७ बस्ने १९ वर्षीय हयात अली रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले कुशेचौरीबाट पथरीतर्फ आउँदै गरेको बिआर ३८ डि ७८८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधाभार जंगलस्थित सडक छेउबाट अवैध लागूऔषध गाँजा ८ किलो ५ सय ग्राम सहित बर्दीया मधुवन नगरपालिका–७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।