काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यहरुले शपथ लिएका छन्।
आइतबार ललितपुरस्थित एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत एक उपाध्यक्ष, दुई स्थायी कमिटी सदस्यसहित १७ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन्। उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराएका हुन् ।
एमाले केन्द्रीय सचिवालय बैठकले उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको थियो । त्यस्तै बैठकले मुकन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटि सदस्यमा मनानीत गरेको थियो। सुवास कर्माचार्य, गोविन्द पुन, केदार सिग्देल, कुन्दन कुशवाह, जितेन्द्र देव, रामपृत राम, कृष्णभक्त पोखरेल, कमलकृष्ण तिमिल्सिना , मनमोहन पौडेल, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, भरदेव जोशी, हरि उप्रेती, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जवेगुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो।