शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एमालेको सचिवालय बैठकले प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय

बराल उपाध्यक्षमा मनोनीत

बिहिबार, साउन १७ २०८१

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेका छ । आज (बिहीबार) होटल बसेरामा बसेको सचिवालय बैठकले प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।

बैठकले कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनाउने निर्णय गरेको हो । पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज यथावत रहेका छन् ।

यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए ।

सचिवालय बैठकले बराललाई उपाध्यक्ष मनोनीत गरेको छ। सुवास नेम्वाङको निधनपछि रिक्त स्थानमा बराललाई मनोनीत गरिएको हो ।