शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अन्ततः घट्यो नेप्से

पाँच अंकले घट्दा २१ अर्ब ७१ करोडको शेयर किनबेच

बिहिबार, साउन १७ २०८१

काठमाडौं । अन्तत नेप्से घटेको छ । अघिल्लो दिन ६४ दशमलव २५ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार सुरुवाती समयमा उच्च अंकले बढेको थियो । त्यसपछि भने घट्न थालेको नेप्से अन्तिम समयमा आईपुग्दा पाँच दशमलव २९ अंकले घटेर २७ सय ५५ दशमलव ६२ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २९ अंकले घटेर चार सय ९२ दशमलव ७५ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ३२ वटा कम्पनीह्रुको दुई लाख २९ हजार आठ सय १३ पटकको कारोबारमा पाँच करोड १३ लाख २१ हजार छ सय २९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार सात रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा छ वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये फाईनान्स समुहको सुचक ६२ दशमलव ११ अंकले बढेर तीन हजार पाँच सय ६८ दशमलव ८४ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि चार सय ७४ दशमलव ७२ अंकले बढेर १३ हजार तीन सय सात दशमलव ४७ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ३१ दशमलव ५० अंकले बढेर १३ हजार पाँच सय दुई दशमलव ६८ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने २२ दशमलव शुन्य आठ अंकले घटेर १५ सय ५५ दशमलव ९४ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ४३ दशमलव २८ अंकले घटेर पाँच हजार चार सय दशमलव ६१ अंकमा झरेको छ । यसैगरी जलबिद्युत समुहको सुचक पनि ६४ दशमलव १८ अंकले घटेर तीन हजार तीन सय छ दशमलव २४ अंकमा झरेकोमा उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पिपुल्स हाईड्रोपावर लिमिटेड पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ।