शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

संक्रमणकालीन न्याय विधेयकमा तीन दलबिच सहमति

बिहिबार, साउन १७ २०८१

काठमाडौं । संक्रमणकालीन न्याय विधेयकमा तीन दलबिच सहमति जुटेको छ। बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्र बैठकले संक्रमणकालीन न्यायसम्बन्धि विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटाएको हो।

कार्यदलका सदस्यहरू गृहमन्त्री रमेश लेखक, एमाले संसदीय दलका मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबिच भएको निरन्तरको छलफलपछि सहमति जुटेको हो।

शुक्रवार वा शनिवारसम्म प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउने एमाले संसदीय दलका मुख्यसचेतक महेश बर्तौला बताए।

बैठकपछि बोल्दै मुख्यसचेतक बर्तौलाले पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानूनसँग नबाझिने गरी सहमति गरिएको बताए । उनले चालु संसदबाटै विधेयक पारित गरेर अघि बढ्ने पनि जानकारी दिए।