काठमाडौं । बिदेशबाट सामान आयात गर्दा अमेरिकी डलर एक लाखसम्मको सामानको आयातको लागि सटही सुविधा दिन राष्ट्र बैंकले निर्देशन दिएको छ । बुधबार बिदेशी बिनिमय कारोबार गर्न अनुमतीपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०८० लाई संसोधन गर्दे यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो।
सो अनुसार अबदेखि एक पटकमा अधिकतम अमेरिकी डलर एक लाख वा सोबराबरको परिवत्र्य बिदेशी मुद्रासम्मको मालसामान आयात गर्न सकिने छ । यस बमोजिम एक पटक सटही सुविधा प्राप्त गरेपछि पुन सोही निर्यातकर्ताबाट अर्को सीपमेन्टको बस्तु आयातको लागि सटही सुविधा प्राप्त गर्नको लागि भने केही शर्तहरु पुरा गर्नुपर्ने परिपत्रमा उल्लेख छ।
यस्तो शर्तहरु अन्र्तगत अघिल्लो पटक सटही सुविधा प्राप्त गरी आयात भएको सात दिन व्यतित भएपशचात मात्र पुन सटही सुविधा प्राप्त हुने छ । आयात भएको प्रमाणकोरुपमा भन्सार कार्यालयले प्रमाणित गरेको भन्सार प्रज्ञापन पत्र तथा भन्सार राजश्व भुक्तानी भएको रसिद सम्वन्धीत बैंक तथा वित्तीय संस्थामा पेश छ।