बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक जारी

बिहिबार, साउन १७ २०८१

काठमाडाै‌ ।  संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठक बसिरहेको छ । बैठक सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा जारी छ ।

विधेयक टुंगो लगाउन  बाँकी विषयमा सहमति खोजेर शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ ।

कार्यदलमा कांग्रेसबाट गृहमन्त्री लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य छन् ।

बैठकमा संयन्त्रका सदस्यहरू गृहमन्त्री लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक बर्तौला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव शर्मालगायत बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी पनि सहभागी छन् ।

गत शुक्रबार कानूनमन्त्री, महान्याधिवक्ता र सरोकारवालासँग पनि छलफल गर्ने निर्णय गरे अनुसार गत सोमबारको कार्यदलको बैठकमा सरोकारवाला निकायका पदाधिकारीहरुको समेत सहभागिता थियो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक लामो समयदेखि प्रतिनिधिसभाको कानुन समितिमा विचाराधीन छ ।