काठमाडौं । नेपाल प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
मंगलवार नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वर्ष ३९ का रञ्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
उक्त घटनामा यसअघि विनोद थापा र सबिता थापा अधिकारीलाई पक्राउ गरेको थियो ।
विष्टको २०६४ असार २६ गते शंखमुलमा निर्घात कुटपिटबाट मृत्यु भएको थियो। सबितालाई जिस्काएको निहुँमा विष्टमाथि सांघातिक आक्रामण भएको थियो।