कारोबार रकम बढेर एकैदिन झण्डै २२ अर्ब पुग्यो
काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन ३५ दशमलव ५५ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पनि ६४ दशमलव २५ अंकले बढेर २७ सय ६० दशमलव ९० अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिसिटिभ इन्डेक्स पनि १० दशमलव ६५ अंकले बढेर चार सय ९६ दशमलव शुन्य तीन अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ३२ वटा कम्पनीहरुको दुई लाख ३८ हजार दुई सय ७२ पटकको कारोबारमा पाँच करोड नौं लाख ६७ हजार नौं सय ५१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम २१ अर्ब ९१ करोड १५ लाख तीन हजार एक सय ६१ रुपैंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १६ दशमलव २७ अंकले बढेर १५ सय ७७ दशमलव ९३ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुुचक पनि एक सय ६९ दशमलव ६७ अंकले बढेर पाँच हजार चार सय ४३ दशमलव ८९ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि दुई सय ६२ दशमलव २२ अंकले बढेर तीन हजार पाँच सय छ दशमलव ६७ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ६९ दशमलव ७२ अंकले बढेर तीन हजार तीन सय ७० दशमलव ४२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ६४ दशमलव ७० अंकले बढेर १२ हजार आठ सय ३२ दशमलव ७४ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ४३ दशमलव ६२ अंकले बढेर १३ हजार दुई सय ७१ दशमलव १८ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनाईटेड अजोड इन्स्योरेन्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिभिल बैंक ऋणपत्र २०८८ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ।