बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

पदीय दुरुपयोगको आरोपमा एआइजी श्यामलाल ज्ञवाली छानबिनमा तानिए

बुधबार, साउन १६ २०८१

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली छानबिनमा तानिएका छन् ।

नेपाल प्रहरीका उच्च अधिकारीहरूले राजनीतिक हिमचिम बढाएको र प्रहरी प्रशासनमा रहेका बेला चेनअफ कमाण्ड तोड्दै पदीय दुरुपयोग गरेको आरोप लगाएर एआइजी  ज्ञवालीमाथि छानबिन सुरु गरेको हो।

प्रहरीका एक अधिकारीका अनुसार राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेको आरोप पनि उनीमाथि लागेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख रहेका उनीमाथि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एआइजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका छन् ।

सुन तस्करी सम्बन्धी छानबिन आयोगले दिएको प्रतिवेदनको आधारमा तत्कालिन गृहमन्त्री रवि लामिछानेले तत्कालिन सिआइबी प्रमुख एआइजी किरण बज्रचार्यलाई हटाएर ज्ञावालीलाई पठाएका थिए।

त्याे बेला  सुन तस्करीको सफल अनुसन्धान गरेकी बज्रचार्यलाई हटाएको र कारवाही गरेको विषयमा सर्वत्र विरोध भएको थियो ।

सुन तस्करी प्रकरणमा तत्कालीन सत्तारुढ राजनीतिक दल नेकपा माओवादीका शीर्ष नेताहरुको संरक्षण र संलग्नता रहेको आयोगले स्पष्ट उल्लेख गरेको थियो। आयोगको प्रतिवेदन पाएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्रीले माओवादी नेताहरु जोडिएको सवालमा प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ब्रिफिङसमेत गरेका थिए। सो सम्बन्धी प्रतिवेदन पनि बुझाइएको थियो ।

माओवादी नेताहरु पूर्व सभामुख कृष्णबहादुर महरा, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन तथा उनका छोरा जितेन्द्र पुन र दिपेश पुन, महारापुत्र राहुल महरा, हालका अर्थमन्त्री वर्षमान पुनका भाई प्रनिस पुनको सवालमा प्रभावकारी अनुसन्धान नगरेको चर्चा भएकाे थियाे ।