बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

बाढीले बगाउँदा भोजपुरमा हाइड्रोपावरमा काम गर्ने दुई मजदुर बेपत्ता

बुधबार, साउन १६ २०८१

भोजपुर । अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा हाइड्रोपावरमा काम गर्ने दुई मजदुर बेपत्ता भएका छन् । साल्पासिलिछो गाउँपालिकामा निर्माणाधिन इर्खुवा खोलाको ईखुवा हाइड्रोपावरमा कार्यरत दुई मजदुरहरुलाई बाढीले बगाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी युवराज तिम्सिनाका अनुसार मंगलवार राती डेढ बजेतिरको समयमा आएको बाढीले हाइड्रो निर्माणमा खटिएका दुई जना कामदार हराएका छन् । बेपत्ता हुनेमा बर्दियाको बारा बर्दिया गाउँपालिका वडा नम्वर ३ का २६ वर्षीय श्याम कुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेका छन् । बाढीमा परेका २६ वर्षीय राम किसन थारुको उद्धार गरिएको छ ।

साल्पासिलिछो गाउँपालिका वडा नम्वर ४ गोथे बजार स्थितमा रहेको ईखुवा खोलामा आएको बाढीले हाईड्रो पावरमा कार्यरत कामदारहरु सुतिरहेको अवस्थामा बगाएको थियो । उनीहरुको खोजी कार्य जारी रााखिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।