काठमाडौं । न्याय परिषदले उच्च र जिल्ला अदालतका गरी ९१ जना न्यायाधीशहरुको सरुवा गरेको छ ।
मंगलबार बसेको न्याय परिषद बैठकले उच्च अदालतका २६ जना र जिल्ला अदालतका ६५ जना न्यायाधीशहरुको सरुवा गरेको हो ।
न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठले एकै कार्यक्षेत्रमा दुई वर्ष बसेकाकाहरुको सरुवा गरिएको बताए ।