आगामी निर्वाचनमा एक्लै लड्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले भ्रष्टाचारबिरोधी अभियान अघि बढाउन सरकारलाई दबाब दिने निर्णय गरेको छ ।
मंगलवार बसेको पदाधिकारी बैठकपछि पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। उनले ५ दिनदेखिको छलफलमा गम्भीर रुपमा छलफल भएको बताए।
उनले भ्रष्टाचारबिरोधी अभियान अघि बढाउन सरकारलाई दबाब दिने, प्रमुख प्रतिपक्षको भुमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए। साथै आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्ने निर्णय भएको पनि बताए।