बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल लाईफद्धारा लिडरसीप एक्सीलेन्स अवार्डस–२०२४, सम्पन्न

मंगलबार, साउन १५ २०८१

काठमाडौं । नेपाल लाईफ इन्स्योेरेन्स कम्पनीले लिडरसीप एक्सीलेन्स अवार्डस–२०२४ सम्पन्न गरेको छ । कम्पनीले भैरहवाको टाइगर प्यालेस रिसोर्टमा श्रावण ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम “हक वर्ष ः फ्लाई हाई, एम हायर” नाराका साथ अवार्ड कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने एक सय ९१ एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका संचालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको समुद्घाटन गरेका थिए । कार्यक्रममा भर्चुवल्ली बोल्दै संचालक समितिका अध्यक्ष गोबिन्द लाल संघईले आ.व २०८०/८१ मा गरेका आउनस्टान्डिङ पर्फमेन्सका लागि व्यक्तिगत र संचालक समितिको तर्फबाट सम्पूर्ण अभिकर्ता र कर्मचारीहरुलाई बधाई तथा धन्यवाद प्रकट गरेका थिए । समग्र क्षेत्रमा प्रतिकूल आर्थिक परिदृष्य विद्यमान रहँदा रहँदै पनि आफ्नो अथक मेहनत, लगनशिलता र सकारात्मक प्रयासबाट आर्थिक वर्ष २०८०/८१ मा नेपालको सबैभन्दा ठुलो र सर्वाधिक विश्वासिलो कम्पनीको ताजलाई निरन्तररुपमा कायम राख्न र आफ्नो मार्केट शेयरलाई थप वृद्धि गर्न सफल भएकोमा बधाई तथा धन्यवाद व्यक्त गरे । कार्यक्रममा बोल्दै संचालक विमल प्रसाद ढकालले गत आ.व.मा गरेकोे उत्कृष्ट प्रदर्शनका निम्ति सम्पूर्ण अभिकर्ताहरु तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे । आर्थिक मन्दीको बीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको कुरा बताए । लगानीको सुनिश्चितता, लगानीको प्रतिफलको सुनिश्चितता र लगानीको स्वच्छतालाई मध्यनजर गर्दै कम्पनी लगानी विविधिकरण तर्फ अग्रसर रहेको कुरा बताए । कम्पनीसँग जोडिएर बीमाको पहुँचलाई गाउँघरमा पु¥याउन अहोरात्र खट्ने बीमा अभिकर्ताहरूको जीवन स्तरमा वृद्धि भएको र अबको समय भनेको पुस्तान्तरणको रहेको कुरा समेत बताए । आफूमा भएको सीप, अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सके बीमाको पहुँच अभिवृद्धि हुने कुरा बताए । अहिलेको वर्तमान अवस्थामा नयाँ जोश, नयाँ जाँगर र प्रवृधिसँगको सामिप्यताले नयाँ पुस्तालाई बीमाको बजारीकरण गर्न झन्सहज हुने बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरुलाई गत आ.व. को कार्यसम्पादनको लागि धन्यवाद र चालु आ.व. को व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरे । गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८१÷८२ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको र उहाँहरुकै अथक मेहनत र परिश्रमका कारणनै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन्बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको कुरा बताए।

अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । कार्यक्रममा बोल्दै यस कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले २०८०÷८१ को व्यावसायिक लक्ष्य प्राप्तिमा सहयोग गर्नै सम्पूर्ण अभिकर्ता, सेल्स टिमका महानुभावहरू तथा समस्त कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे । गत वर्ष कम्पनीले कम्पनीलाई थप सबल बनाउन संरचनात्मक परिवर्तनहरू गरेको र यसले सेवा प्रवाह थप चुस्त दुरुस्त भएको र यसले व्यवसाय गर्न सहज भएको कुरा बताउनु भयो । यसको अधिकतम प्रयोग गर्दै व्यवसायलाई थप उचाइमा पु¥याउन अहोरात्र खट्नका निम्ति सबैलाई आग्रह गरे । बीमा मानवीय कार्य भएको र यसले देशको विकासमा अतुलनीय भूमिका निर्वाह गर्ने हुँदा यसलाई आम नागरिक बीच पु¥याउन नितान्त आवश्यक रहेको बताए । यसका साथसाथैनयाँ लक्ष्य प्राप्तिका निम्ति कम्पनीद्वारा तयार पारिएको रणनीति उपर उहाँले प्रकाश पार्नुभयो । कम्पनीले लिएको लक्ष्य प्राप्तिमा सबैको साथ सहयोग रहनेमा आफू विश्वस्त रहेको बताउनुभयो । पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिका निम्ति सबै अभिकर्तालाई मुरीका मुरी धन्यवाद ज्ञापन गर्नुभयो। नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा बढी अब्बल र सक्षम अभिकर्ता रहेको र यस दौरानमा सिकिएको सिप र अनुभव लाई नयाँ पुस्तामा पुस्तान्तरण गर्दै बीमाको पहुँचलाई अभिवृद्धि गर्न तयार रहेको कुरा बताए । अभिकर्ताको चौतर्फी विकासका निम्ति नेपाल सरकार अर्थ मन्त्रालय नियमनकारी निकाय संवेदनशील समेत हुनुपर्ने विचार अभिव्यक्त गर्नुभयो। अभिकर्ताले प्राप्त गर्ने सेवा सुविधा तथा सरकारले अभिकर्ता प्रति गर्ने व्यवहारमा सुधार गर्न सके बीमा क्षेत्रमा चाँडो नै फड्को मार्न सकिने र त्यो संरचना तयार भइसकेको कुरा समेत बताए । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन अभिकर्ताको भूमिका अतुलनीय रहेको र यसको गम्भीर्यता लाई मनन गर्दै नीति निर्माण गर्नका निम्ति उनले सरोकारवालाहरुसँग आग्रह गरे । उक्त विशेष समारोहमा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले गत आवको लक्ष्य प्राप्ति गर्न सहयोग गर्ने सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरुलाई अन्तर मनदेखि धन्यवाद ज्ञापन गरे । आगामी वर्षको लक्ष्य प्राप्ति गर्नका निम्ति अहिलेको अभिकर्ता टिम सक्षम रहेको र कम्पनीले लिएको टार्गेटलाई एचिभ गर्न दत्त चित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । यस कम्पनीले लगानी विविधिकरणको क्षेत्रमा विभिन्न काम गर्दै आएको र गर्ने अठोट देख्न पाउँदा मन प्रफुल्लित भएको बताए । कम्पनीले सूचना प्रविधिमा ल्याएको विकासले सेवा प्रवाहमा सुधार आएको र यसले गर्दा अभिकर्ताहरूलाई काम गर्न सहज भएको र यस पहलकदमीको उहाँले मुक्तकण्ठले प्रशंसा गरे । कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट एक सय ४१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै ३० जनालाई सम्राट पदक, २२ जनालाई रत्न पदक र एक सय ३७ जनालाई समृद्धि पदकबाट पनि विभुसित गरिएको थियो । त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमश नेपाल प्रथम, दितिय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्मा, तथा व्यक्तिगत कोड तर्फ बाट क्रमशस् नेपाल प्रथम, दितिय र तृतीय हुने खुशी भट्ट, भीमा पन्थी र अर्बिन राजबंशीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो।