शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा उच्च बृद्धि

३५ अंकले बढ्दा १७ अर्ब २६ करोडको शेयर किनबेच

मंगलबार, साउन १५ २०८१

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन २० दशमलव ४६ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने ३५ दशमलव ५५ अंकले बढेर दुई हजार छ सय ९६ दशमलव ६५ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २३ अंकले बढेर २६ सय ९६ दशमलव ६५ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २९ वटा कम्पनीहरुको दुई लाख छ हजार छ सय ४३ पटकको कारोबारमा चार करोड तीन लाख ७१ हजार सात सय ७८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार पाँच सय ४२ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहहरुको शेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव शुन्य पाँच अंकले घटेर १५ सय ६१ दशमलव ६६ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ४८ दशमलव ३५ अंकले घटेर १३ हजार २७ दशमलव ५५ अंकमा पुगेको छ । यि बाहेक सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि घटेका छन्। बिकास बैंक समुहको सुचक भने एक सय २४ दशमलव शुन्य पाँच अंकले बढेर पाँच हजार दुई सय ७३ दशमलव १५ अंकमा चढेकोमा फाईनान्स समुहको सुचक पनि एक सय ८३ दशमलव ३० अंकले बढेर तीन हजार दुई सय ४४ दशमलव ४४ अंकमा पुगेको छ । यसैगरी जलविधुत समुहको सुचक पनि एक सय दशमलव शुन्य छ अंकले बढेर तीन हजार तीन सय दशमलव ६९ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि ७२ दशमलव ७२ अंकले बढेर १२ हजार पाँच सय ६८ दशमलव शुन्य तीन अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा प्रोग्रेसिभ फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एशियन हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेड परेको छ।