पर्सा । वीरगंज महानगरपालिका–१६ बाट नेपाली एक हजार दरको २ वटा नक्कली नोट सहित भारत बिहार प्रान्त बेतिया ग्राम बैरिया–३ बस्ने २२ वर्षीय अजाद आलमलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।