शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रोकियो नेप्सेको उच्च बृद्धि

२० अंकले घट्दा १९ अर्ब ६० करोडको शेयर किनबेच

सोमबार, साउन १४ २०८१

काठमाडौं । नेप्सेको उच्च बृद्धि रोकिएको छ । अघिल्लो दिन एक सय १३ दशमलव ४२ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने २० दशमलव ४६ अंकले घटेर २६ सय ६१ दशमलव शुन्य नौं अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ६८ अंकले घटेर चार सय ८२ दशमलव १५ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २५ वटा कम्पनीहरुको दुई लाख २२ हजार छ सय ६० पटकको कारोबारमा चार करोड ७७ लाख ९० हजार आठ सय ३७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकमा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार एक सय छ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा फाईनान्स समुहको सुचक ५६ दशमलव ६२ अंकले बढेर तीन हजार ६१ दशमलव १४ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि २६ दशमलव शुन्य दुई अंकले बढेर तीन हजार दुई सय दशमलव ६२ अंकमा चढेको छ । यि बाहेकका बाँकी समुहहरुको सुचक भने घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ६२ दशमलव अंकले घटेर एक हजार पाँच सय ७३ दशमलव ७१ अंकमा पुगेकोमा बिकास बैंक समुहको पनि एक सय ४२ दशमलव ६१ अंकले घटेर पाँच हजार एक सय ४९ दशमलव शुन्य नौं अंकमा पुगेको छ । जीवन बीमा समुहको सुुचक पनि दुई सय ५२ दशमलव १३ अंकले घटेर १२ हजार चार सय ९५ दशमलव ३१ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एकसय ४० दशमलव ७२ अंकले घटेर १३ हजार ७५ दशमलव ५१ अंकमा झरेको छ । यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट लिमिटेड पहिलो स्थानमा परेको छ।