शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नतिजा आउने गरी काम गर्न कर्मचारीलाई मन्त्री अधिकारीको २५ बुँदे निर्देशन

सोमबार, साउन १४ २०८१

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारले सेवाप्रवाहमा छिटो छरितो र पारदर्शीता अपनाउन मन्त्रालयमा तहतका कर्मचारीलाई लिखित निर्देशन दिएका छन्।

मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसहित मन्त्रालयका सह–सचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, नापी विभाग र सहकारी विभागका महानिर्देशक, सहकारी प्रशिक्षणा तथा अनुसन्धान केन्द्र, राष्ट्रिय सहकारी विकास बोर्ड, गुठी संस्थान, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति र भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका प्रमुख सहितको ४३ जनाको उच्च नेतृत्वलाई मन्त्री अधिकारीले कार्यान्वयनको समयसिमा नै तोकेर निर्देशन दिएका हुन।

मन्त्री अधिकारीले दुई दिवसीय पुनरताजर्गी कार्यक्रममा भूमिव्यवस्थापन, सहकारी तथा गरिबी निवारणको क्षेत्रमा विद्यमान अवस्था र सुधारका लागि कार्ययोजना सहित छुट्टा छुट्टै प्रस्तुतीककरण र छलफलपछि मन्त्री अधिकारीले यस्तो निर्देशन दिएका हुन । मन्त्री अधिकारी समक्ष मन्त्रालयका मातहतका उच्च पदाधिकारी, बिभागिय प्रमुख तथा महानिर्देशकहरुले आगामी दिनमाप्राप्त निर्देशन पुर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाएका छन्।