शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सरकारले गिरीबन्धु र नक्कली भुटानी शरणार्थी अनुसन्धान तत्काल थाल्नुपर्छ : विश्वप्रकाश

आइतबार, साउन १३ २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकार माथि लागेको आरोप व्यवहारबाट खण्डन गर्नुपर्ने बताएका छन् । संघीय सरकारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले वर्तमान प्रधानमन्त्री केपी ओली जोडिएको गिरीबन्धु चिया बगान र नक्कली भुटानी शरणार्थीबारे तत्काल अनुसन्धान थाल्नुपर्ने बताए ।

‘प्रधानमन्त्री र सिंगो मन्त्रिपरिषदलाई आग्रह गर्दछ। नक्कली भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु चिया बगानबारे सरकारले व्यवहारबाटै जवाफ दिनुपर्छ। अविलम्ब छानविन सुरु गर्नुपर्दछ । म माग गर्दछु ।गिरीबन्धुको ७० विगाहा जग्गा कांग्रेसले बेचेर खायो भन्ने प्रधानमन्त्री ओलीले को हो त्यो कांग्रेस देखाउनु पर्छ । नक्कली भुटानी शरणार्थीबारे पनि यथार्थ सार्वजनिक गराउनु पर्छ,’ उनले संसदमा बोल्दै भने।

भ्रष्टाचार विरुद्धको अभियानमा गृहमन्त्रीले पूर्वाग्रहमुक्त अभियान चलाउनु पर्ने, अनुग्रह र स्टण्टमुक्त अभियान चलाउन उनले सुझाव पनि दिएका छन् ।

अर्को एक प्रशंगमा उनले गठबन्धनले संघदेखि प्रदेशसम्म सरकार बनाउँदा विरोधाभाष हुने प्रकृतिका मन्त्रीहरुलाई पनि जिम्मेवारी दिएको र यो गलत भएको बताए । विपक्षी कित्ताबाट उठेका प्रश्नलाई बिरोधको रुपमा मात्रै लिन नहुने उनले बताए ।

अहिले पनि विपक्षी दलहरुले उठाएका प्रश्नलाई सरकारले हेक्कामा राखेर समाधानको बाटोमा जानुपर्ने बताए । विश्वासमा लिन, सुन्न र साथमा लिएर हिड्न सरकारले विपक्षी दलहरुलाई पनि सम्बोधन गर्नुपर्ने उनको धारणा छ ।