शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नगद र सुनका गहना चोरी भाग्दै गरेका व्यक्ति पक्राउ

आइतबार, साउन १३ २०८१

काठमाडौं । चोरी गरी भाग्दै गरेको अवस्थामा नुवाकोट विदुर नगरपालिका–१७ घर भई काठमाडौं महानगरपालिका–१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–५ कालोपुल डेरा गरी बस्ने सुनसरी गढी गाउँपालिका घर भएका ५६ वर्षीय भुपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब १० लाख ७६ हजार ६ सय १० रूपैयाँ बराबरको धनमाल चोरी गरी भाग्दै गरेका उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उक्त गरगहना सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।