शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

शुक्रबार, साउन ११ २०८१

रौतहट । भारत सितामढी बैरगनिया–८ असोगी टोल बस्ने ४७ वर्षीय प्रदिप कुमार बर्मालाई स्रोत नखुलेको नगद ४ लाख ४० हजार रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको भन्सार सुरक्षा गार्ड र सशस्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरबाट खटिएको संयुक्त टोलीले गौर नगरपालिका–१ स्थित सडकमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एसि ७९१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा १ हजार दरका ३ सय ९० थान र ५ सय दरका १ सय थान गरी उक्त नगद सहित चालक बर्मालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।