बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

घर भत्किँदा जाजरकोटमा आठजना घाइते, चारको अवस्था गम्भीर

शुक्रबार, साउन ११ २०८१

सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिका–१२ काँडागाउँमा घर भत्किँदा एकै घरका आठ जना घाइते भएका छन् । चार जनाको अवस्था गम्भीर छ ।

शुक्रबार राति १ बजेतिर घर भत्किँदा ३५ वर्षीय पदम अधिकारी, ६५ वर्षीया भिरकुली, ३० वर्षीया सरिता, १६ वर्षीया संगीता, १५ वर्षीया सुजता, १४ वर्षीय नविन, १४ वर्षीय नवराज र १० वर्षीय दिनेश घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार पदम, सरिता र दिनेशको अवस्था गम्भीर छ । उनीहरुसँगै ६ जनाको जिल्ला अस्पातालमा उपचार हुँदैछ । सामान्य घाइते संगीता र नवराज घरमै रहेको प्रहरीले जनाएको छ।