शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एसिया कप खेलेर नेपाली महिला क्रिकेट टोलि स्वदेश फिर्ता

बिहिबार, साउन १० २०८१

काठमाडौं । श्रीलंकामा भएको एसिया कप क्रिकेट खेलेर नेपाली महिला क्रिकेट टोली बिहीबार स्वदेश फिर्ता भएका छन् ।

प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको थियो । प्रतियोगिताको समूह चरणको पहिलो खेलमा युएईलाई पराजित गरेको नेपाल त्यसपछि पाकिस्तान र भारतसँग पराजित भएको थियो ।

युएईलाई ६ विकेटले जितेको नेपाल पाकिस्तानसँग ९ विकेटले र भारतसँग ८२ रनले पराजित भएको थियो ।

नेपाल रहेको समूह ए बाट भारत र पाकिस्तान तथा समूह बी बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।