बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यले लिए पद तथा गोपनीयताको शपथ

बुधबार, साउन ९ २०८१

दाङ। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

एमाले संसदीय दलका उपनेता आचार्य सोमबार एमालेका २९ र कांग्रसका २७ गरी ५६ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
१२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिएका हुन् । तर कांग्रेसमा विवाद भएपछि अन्तिममा जन्मजय तिमिलसिनाको नाम काटिएको छ ।

८७ सदस्य प्रदेशसभामा सरकार गठनको लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ ।

लुम्बिनी प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।

अब माओवादीका १०, नेकपा एस, जनमोर्चा र स्वतन्त्रका एक–एक गरी १३ सांसद मात्रै विपक्षमा रहने भएका छन् ।