शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

माओवादि सांसद् वस्नेतले भने – कुरा सुशासन, विधि र नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने ?

मंगलबार, साउन ८ २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् शक्ति बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई दिएको निर्देशनतर्फ इङ्गीत गर्दै वर्तमान सरकार ठाडो आदेश दिँदै गलत कर्मको बाटोमा हिँडेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै वस्नेतले कुरा सुशासन र विधिको गर्ने, नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने भन्दै सरकार गलत बाटो हिडेको बताएका हुन्।

उनले उद्योगमा काटिएको विधुत लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मुख्य प्राथमिकताको विषय बनाइरहेको भन्दै आपत्ति जनाए । विवाद विधुत काट्ने वा जोड्ने कुराको मात्र नभएर महसुल असुल गर्ने कि नगर्ने विषयमा केन्द्रित रहेको उनको भनाई छ ।