काठमाडौं । बागमती प्रदेशमा एमाले ६ जना मन्त्रीहरू टुङ्ग्याएको छ । एमाले किरण थापा (भक्तपुर), प्रकाश श्रेष्ठ (काठमाडौँ), प्रेम भक्त महर्जन (ललितपुर), सुकमाया तामाङ (सिन्धुली), कृष्ण प्रसाद सिलवाल (चितवन) र अमन कुमार मास्के (काठमाडौँ) लाई मन्त्री बनाउन लागेको हो। उनीहरूको मन्त्रालय भने टुङ्ग्याइएको छैन ।
एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय लिनेछ । युवा तथा खेलकुद मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमध्ये एक एमालेले पाउँनेछ ।
प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा बहादुर सिंह लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् ।