बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

महानगर र स्थानीयबिच मंसिर २ गतेसम्म फुटपाथ बिस्तार नगर्ने सहमति

सोमबार, साउन ७ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका र स्थानीयबिच न्यूरोडलगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ बिस्तार तथा निर्माणसम्बन्धी कुनै काम नगर्ने सहमति भएको छ ।

सोमबार भएको सहमति अनुसार समिति गठन गर्ने र उक्त समितिले दिएको सुझावका आधारमा अगाडि बढ्ने निर्णय भएको हो ।

न्यूरोडमा काठमाडौं महानगरले गरिरहेको फुटपाथ विस्तारविरुद्ध वडा नम्बर २२ का अध्यक्ष चीनकाजी महर्जनसहित स्थानीयले विरोध गर्दै आएका थिए ।