सर्लाही । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।
सर्लाही चन्द्रनगर गाउँपालिका रतनपुरमा उनको गएराति हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ८० वर्षीय यादवको टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या भएको अवस्थामा आफ्नै निवासमा मृत भेटिएका थिए ।
अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनको शव प्रहरीले मुचुल्का गरी सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगिएको छ ।
राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री बनेका थिए । उनीराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य समेत हुन् ।