काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा गरिएको मत विभाजनमा ओलीले दुई तिहाइ सांसद्को समर्थन पाएका हुन् ।
कूल २६३ मत रहेकोमा प्रधानमन्त्री ओलीले १८८ मत प्राप्त गरे । विपक्षमा ७४ मत परेको थियो भने १ सांसद तटस्थ बसे।
नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । उनले त्यसको भोलिपल्टै पदभार ग्रहण गरेका थिए ।