काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान गरिएको छ। बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दलहरुलाई साउन ८ गते साँझ ५ बजेसम्मको दाबी पेश गर्न समय दिएका छन्।
आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको पहल थालिएको हो प्रदेश प्रमुखले मुख्यमन्त्री जम्कट्टेलले दिएको राजीनामा स्वीकृत गर्दै अर्को सरकार गठन नहुन्जेल उनैलाई काम चलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।