६१ अंकले बढ्दा १५ अर्ब २३ करोडको शेयर किनबेच
काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्सेमा उछाल आएको छ । आज आईतबार नेप्से ६१ दशमलव ६१ अंकले बढेर २४ सय ८५ दशमलव ९४ अंकमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव ५३ अंकले बढेर चार सय ४९ दशमलव ६८ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको एक लाख ७७ हजार चार सय ६७ पटकको कारोबारमा चार करोड ११ लाख ९५ हजार पाँच सय ३४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार दुई सय ९० रुपैँया पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैक समुहको सुचक ५२ दशमलव ७० अंकले बढेर १४ सय १४ दशमलव ८७ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ६९ दशमलव ५५ अंकले बढेर चार हजार नौं सय ७६ दशमलव ८७ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ४१ दशमलव ७६ अंकले बढेर २८ सय चार दशमलव ६६ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ४० दशमलव ९४ अंकले बढेर तीन हजार २६ दशमलव २२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ७४ दशमलव ६९ अंकले बढेर ११ हजार छ सय ४९ दशमलव ७२ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ७८ दशमलव १५ अंकले बढेर १२ हजार दुई दशमलव ५२ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, व्यापार र अन्य समुहको सुचक पनि बढेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनाईटेड मोदी हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिक्लेस हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सोल्टी होटल लिमिटेड परेको छ।