काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरीहरुको सुधार गर्न आवश्यक रहेको बताएका छन् ।
आज ४२औं बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस केन्द्रिय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
काँग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्र रहेका कमजोरी पहिचान गर्ने र आफूभित्रकै क्षमता खोज्नुपर्ने उनको भनाइ थियो ।
उनले काँग्रेसभित्र पठन संस्कृति छ भन्नेकुराको पुस्तकालय उद्घाटन कार्यक्रमले पनि प्रमाणित गर्ने बताउँदै कांग्रेस भित्र पठन संस्कृतिको विकास गर्न आवश्यक रहेको बताए ।
काँग्रेसले गर्ने बहस आम नागरिकलाई सुचित गर्ने र तथ्यमा आधारित हुनुपर्ने उनको भनाइ थियो ।
महामन्त्री थापाले काँग्रेसलाई श्रोत केन्द्रको आवश्यकता रहेको पनि बताए ।

कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालयमा पुस्तकालय सञ्चालनमा ल्याएको छ।
कांग्रेसले ऐतिहासिक दस्ताबेज र पुस्तकहरू पुस्तकालयमा राखेको छ।
कांग्रेसले करिब ७० लाख रुपैयाँमा पुस्तकालय तयार पारेको हो। पुस्तकालय केन्द्रीय कार्यालय भवनभित्रै छ।