काठमाडौं । ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो दमकल पुनःसञ्चालनमा ल्याएको छ।
१०६ वर्ष पुरानो पुरातात्विक महत्वको दमकल पुनः सञ्चालनमा ल्याइएको ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले जानकारी दिए।
उनका अनुसार करिब १०६ वर्षअघि डेनिस कम्पनीको दमकल बेलायती सरकारले तत्कालीन बाग्मती अञ्चलाधीश कार्यालयलाई उपहार स्वरूप दिएको थियो।
पुन: मर्मत गरी इतिहास बाेकेकाे साे दमकल आज एक कार्यक्रमका बिच ललितपुर महानगरपालिकाका मेयर महर्जनबाट एक डेमो देखाइ शुभारम्भ गरिएको छ ।
आजै दमकललाई काठमाडौं उपत्यकाका तीन वटै जिल्ला परिक्रमा पनि गरिएको छ ।
इतिहास बोकेको दमकल पुन प्रयोग गर्न पाउँदा निकै हर्षित भएको ललितपुर महानगरका प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।