काठमाडौं । सर्वाधिक विश्वसनीय मोबाईल ब्राण्ड, रियलमीका दुई स्मार्टफोन रियलमी नार्जो ७० प्रो ५ जी र रियलमी १२ एक्स ५ जी सार्वजनिक भएका छन् । अत्याधुनिक प्रविधि, नवीन सुविधाहरू र स्टाइलिश डिजाइनले गर्दा युवा प्रयोगकर्ताहरू माझ यी स्मार्टफोनहरुले फरक अनुभवको प्रत्याभूति दिनेछ । एयर जेस्चर कन्ट्रोल, सोनी आईएमएक्स ८९० क्यामेरा ट्रु फ्ल्यागशिप नाइट फोटोग्राफी चिपसेट र भिसि कुलिङ सिस्टमको साथ जेन जि प्रयोगकर्ताहरूलाई आकर्षित गर्ने विश्वास कम्पनीले लिएको छ।
उक्त कार्यक्रममा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, “रियलमी नार्जो ७० प्रो ५जी र रियलमी १२ एक्सजी नेपाली बजारमा ल्याउन पाउँदा निकै हर्षित छौं । रियलमीका यी फोनहरूले सुपथ मूल्यमै ग्राहकहरूको पहुँच सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धतालाई मूर्त रूप दिन्छ । हामी विश्वस्त छौं कि यी स्मार्टफोनहरूले नेपालको उद्योगमा नयाँ आयाम ल्याउनेछ।”