बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

महानगरको डोजर फिर्ता

आइतबार, साउन ६ २०८१

काठमाडौ । न्यूरोडको फुटपाथ बिस्तारका लागि लगिएको काठमाडौं महानगरपालिकोको डोजर फिर्ता लगिएको छ ।

फुटपाथ विस्तारमा स्थानीयले विरोध गरेपछि महानगरको डोजर फिर्ता लगिएको हो ।

साउन ४ गते आएर दमकल अफिस अगाडि जेब्राक्रसिङमा राखिएको डोजर आजबाट हटाइएको छ ।

३२ वटै वडाका केही वडा अध्यक्ष र वडा सदस्यहरुको सहभागीतामा स्थानीयले जेब्रा क्रसमा डोजर राखेर बाटो छेकेको भनी स्थानीय बिरोध गरेपछि हटाइएको हो ।

स्थानिएको बिरोधले न्युरोड क्षेत्र फुटपाथ बिस्तारको काम केहि दिनदेखि रोकिएको छ। फुटपाथ विस्तार गर्न गएकाे डाेजर फिर्ता भएपछि फुटपाथ विस्तार अलपत्र परेकाे छ । न्यूराेड क्षेत्रमा सडककाे बायाँ साइट खनेर राखिएकाे छ ।