काठमाडौं । आगामी नेपाली काँग्रेसको १५ औं महाधिवेशनको सभापतिमा नेतृ सुजाता कोइरालाले शेखर कोइरालालाई समर्थन घोषणा गरेकि छिन्।
उनले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शेखरलाई सघाउने घोषणा गरेकि हुन्। उहाँले शेखरलाई पनि समर्थन गर्ने बताउनु भयो।
उनले भनिन्, ‘हामी एकजुट हुनै पर्छ। हाम्रो बुबा र हजुरबुबाहरुले देख्नुभएको सपनालाई पूरा गर्नेपर्छ। त्यसका लागि शेखर दाईले लिडरसिप लिनुभएको छ।’
उनले शेखर र शशांकसँग आफ्नो कुनै विवाद नभएको दाबी गर्दै शशांक कोइरालाले पनि शेखर कोइरालाई समर्थन गर्नुपर्ने बताएकि छिन्।