शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

देशको अवस्था प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली

बिहिबार, साउन ३ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश प्रशंसा गर्न लायक भएपनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको बताएका छन्। बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले देशको अवस्था अहिले राम्रो नभएको पनि बताए।

प्रधानमन्त्री ओलीले देशको भविष्य उज्वल रहेको भएपनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुशी हुन सकिने नरहेको बताए। ‘देश समस्यामा छ। शरीरमा सन्चो छैन बिरामी छु भनेपछि यो हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ ररु ज्वरो चाहिँ आएको छ तर हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ ररु ज्वरो आएपछि त सबैतिर ज्वरो आउँछ नि’ उनले भने, ‘त्यसकारण देशको अवस्था राम्रो छैन। प्रशंसा गर्न लायक छैन देशको अवस्था। देश प्रशंसा गर्न लायक छ। देशको इतिहास प्रशंसा गर्न लायक छ।

गौरवपूर्ण इतिहास छ। प्रशंसा गर्न लायक छ। भविष्य उज्वल छ। त्यसमा कुनै सन्देह छैन। तर आज सन्तोष मान्न, खुशी हुन सकिने अवस्था छैन। हामीले यस अवस्थालाई बदल्नै पर्ने छ।’ उनले इन्जिनियरहरुले उच्च आत्मबल, उच्च मनोबलका र उच्च नैतिक बलका साथ देशको सेवा गरिरहेका बताए। इन्जिनियरहरुको समस्यालाई समाधान गर्न सरकार सकारात्मक रहेको उनको भनाई छ।