शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेको उच्च बृद्धि कायम नैं

५९ अंकले बढ्दा १५ अर्ब ५४ करोडको शेयर किनबेच

बिहिबार, साउन ३ २०८१

काठमाडौं । नेप्सेको उच्च बृद्धिले साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ५४ दशमलव चार अंकले बढेको नेप्से आज पुन ५९ दशमलव ६८ अंकले बढेर २४ सय २४ दशमलव ३२ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव ३७ अंकले बढेर चार सय ३५ दशमलव १४ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १२ वटा कम्पनीहरुको एक लाख ८४ हजार सात सय १२ पटकको कारोबारमा तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १५ अर्ब ५४ करोड ८८ लाख सात हजार तीन सय ३८ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा फाईनान्स समुहको सुचक ३५ दशमलव ६९ अंकले घटेर २७ सय ६२ दशमलव ९० अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि शुन्य दशमलव २२ अंकले घटेर २९ सय ८५ दशमलव २८ अंकमा झरेको छ । यि बाहेकका बाँकी समुहहरुको सुचक भने बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ८० दशमलव ४९ अंकले बढेर एक हजार तीन सय ६२ दशमलव १६ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि ६३ दशमलव ५१ अंकले बढेर चार हजार नौ सय सात दशमलव ३१ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ४६ दशमलव ३१ अंकले बढेर ११ हजार चार सय ७५ दशमलव शुन्य तीन अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय २३ दशमलव ९२ अंकले बढेर ११ हजार नौं सय २४ दशमलव ३७ अंकमा चढेको छ । यि बाहेकका लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुमारी सवल योजना पपरेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल फाईनान्स पहिलो स्थानमा परेको छ।