ललितपुर । नौं वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल ट्याम्पोपार्क बस्ने खोटाङ केपीलासगढी गाउँपालिका–५ घर भएका २६ वर्षीय नर बहादुर खत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
नर बहादुरले ती बालिकालाई ललाई फकाई सोही महानगरपालिका–२८ हरिसिद्धि चाईनिज टायल कारखानाको कम्पाउण्डको खाली जग्गामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।