शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

मध्यम वर्षाले डुबानमा राष्ट्रिय सभागृह परिसर

बिहिबार, साउन ३ २०८१

काठमाडौं । गएरातिको वर्षाले प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृह परिसर डुबानमा परेको छ।

अहिले दुईवटा मोटर लगाएर पानी फाल्ने काम भइरहेको छ। निकासको राम्रो व्यवस्था नहुँदा ठूलो पानी पर्नासाथ सभागृह परिसर ​डुबानमा पर्ने गरेको छ।

काठमाडौंमा मध्यम खालको वर्षा हुँदा पनि सभागृह जलमग्न हुने गरेको छ । उचित निकास नहुँदा पानी जम्मा भएर कोठाभित्रै छिर्ने गरेको कर्मचारीहरू बताउँछन् ।

काठमाडौं महानगरको मातहतमा रहेको सभा गृहमा काठमाडौं महानगरपालिकाकै केही कार्यालय अझै छन् । यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलको कार्यालय पनि यही थियो ।